भारतको ऋण रेल र सडकमा

काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियत ऋणको ठूलो अंश रेल र सडक पूूर्वाधारमा खर्च गरिने भएको छ। दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समिक्षा बैठकममा उक्त रकम पुनर्निमार्णणबाहेकको क्षेत्रमा खर्च गर्ने सहमझदारी जुटेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीका अनुसार पुनर्निर्माणअन्तर्गतका परियोजानको प्रकृति र एक्जिम बैंकको सर्तहरुका कारण ऋण प्रयोग गर्ने आयोजनामा भारतीय समाग्री तथा परामर्शदाताको संलग्नता हुनुपर्ने सर्तका कारण कठिनाई भइरहेको थियो।

सम्बन्धित शिर्षकहरु