काठमाडौं । सरकारले यही असार १ गतेदेखि लागू हुने गरी बढाएको सार्वजनिक यातायातको नयाँ भाडादर केही घण्टा पनि टिकेन । यातायात व्यवस्था विभागले बिहीबार अपरान्ह सार्वजनिक यातायातको भाडा बढाउने गरेको निर्णय मन्त्रीको दबाबमा फिर्ता भएको हो । पेट्रोलियम पदार्थ, गाडीका पार्टपुर्जा,गाडीको मुल्य वृद्धि र मजदुरको ज्याला पारिश्रमिक पनि ठहरसहित विभागले सार्वजनिक सवारीको गाडीभाडा बढाउने निर्णय गरेको थियो ।
विभागले यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर बढाएर समायोजन गरेको थियो । विभागको निर्णयानुसार सार्वजनिक सवारी साधनमा १० देखि १२ प्रतिशतसम्म भाडा बढाइएको थियो थियो।
सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो नयाँ भाडादर असार १ गतेदेखि लागू हुने थियो । तर आफ्नै विभागले गरेको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले फिर्ता लिन निर्देशन दिए। त्यसलगत्तै विभागले भाडा बढाउने निर्णय फिर्ता लिएको हो। विभागले भाडा बढाउने निर्णय गरेर देशभरका रुटको नयाँ भाडादर पनि सार्वजनिक गरेको थियो । तर मन्त्री महासेठको निर्देशनमा यातायात व्यवस्था विभागले यो निर्णय केही घण्टामै स्थगित गरेको हो ।








