महेश बस्नेतद्धारा बालकोट–विरुवा सडक शिलान्यास,प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेको बालकोट–विरुवा सडकको शिलान्यास गरेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सूर्यविनायक नगरपालिका–१ सिरुटार, वडा नं ३ बालकोट सिरुटार हुँदै बिरुवा पुग्ने चार दोबाटो सडक खण्डकोे शिलान्यास गरेका हुन् । पूर्वउद्योगमन्त्री एवं भक्तपुर–२ का प्रतिनिधिसभा सांसद बस्नेतको पहलमा संघीय सरकारले छुट्याएको करिब ५ करोड रुपैयाँ बजेटले उक्त सडक विस्तार भएको हो । शिलान्यास क्रममा बोल्दै उनले भक्तपुरमा विकासको लहर आएको र त्यसैको एक उदाहरण सूर्यविनायकको विकासका काम रहेको उल्लेख गरे ।

उनले आजकाल बालकोटको देशमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै चर्चा हुन्छ । मुलुकको प्रधानमन्त्री बस्ने स्थान हो बालकोट,’ कार्यत्रmममा बोल्दै सांसद बस्नेतले भने, ‘कुनै राजनीतिक सन्दर्भ बुझ्न परे पनि बालकोटको धारणा के रैछ भन्ने गरिन्छ । त्यो प्रधानमन्त्री केपी ओलीको निवास बालकोट भएको कारण हो । त्यसैले पनि यो ठाउँ पहिले जस्तो पछाडि पर्छ भनेर नसोचौं ।’
सूर्य विनायक नगरपालिका अन्तर्गत पर्ने बालकोटमा पछिल्लो समय विकास निर्माणका काम तीव्र ढङ्गले बढिरहेको सूर्य विनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाले बताए । उनको अनुसार सांसद बस्नेतकै पहलमा मृत्यु भएको मानिसलाई सास हालेको जस्तै गरि तीव्र रुपमा विकाशको काम छ ।

बालकुमारीदेखि बालकोट हुँदै साँगा जोड्ने बाटो, नयाँ ठिमीको पुलदेखि बालकोट हुँदै ललितपुरको लुभु जोड्ने बाटो, नयाँ ठिमीबाटै दधिकोटको पानी ट्यांकी हुँदै बिरुवा जाने बाटो अघि बढिरहेको छ । हनुमन्ते खोला सफाइ अभियान हरेक हप्ता चलिरहेको छ । खानेपानीको अभाव मेटाउन मेलम्चीको पानी भक्तपुरका विभिन्न स्थानमा पुर्‍याइने भएको छ ।

त्यस्तै केही जेठ प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन लागेको र त्यसमा उपस्थित हुन सबैलाई बस्नेतले आग्रह गरे । रोजगार कार्यक्रम अन्तर्गत २ करोड ५० लाख रुपैयाँको कार्यक्रम सुरु हुन लागेको जानकारी पनि उनले दिए ।

‘यो पैसाले बेरोजगार युवाले विभिन्न काम गरेर पैसा लिन सक्छन् । त्यसमा हामी कुनै भेदभाव गर्दैनौँ’, पूर्व मन्त्री बस्नेतले राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा सबैको ऐक्यबद्धता हुनुपर्ने उल्लेख गर्दै भने,‘जितेकाले त जनताको लागि काम गर्नै पर्छ । चुनावमा हार्नेहरूले पनि काम गरेर देखाउनुपर्छ । राजनीति समाजसेवा हो । कमाउनका लागि राजनीति गर्ने होइन ।’

सम्बन्धित शिर्षकहरु