पर्सा–बारामा फेरि असिना पानीसहित हावाहुरीको आतंक, एक किशोरीको मृत्यु

पर्सा । पर्सा–बारामा असिनासहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको छ। बुधबार साँझ आएको हावाहुरीमा परि पर्साको पकाहा मैनपुर १, धोरेका दिनेश सहनीकी १५ वर्षीय छोरी श्रुतीकुमारी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीको समयमा गाउँकै स्थानीय बजारबाट तरकारी लिएर घर फर्कदै गरेकी श्रुती ओत लागेको रुखको हाँगो भाचिएर घाइते भएकी थिइन्। उनलाई वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गराएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित शिर्षकहरु