पुल्चोकमा ग्याङ फाइट, छुरा प्रहार गरि एकको हत्या

ललितपुर । ललितपुरको पुल्चोकमा दुइ युवा समुहबीच ग्याङ फाइट भएको छ। शुक्रवार साँझ भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । झगडामा एउटा समुहले स्थानीय प्रयाग पोखरीका २० वर्षीय अन्सल शाक्यलाइ छुरा प्रहार गरेको थियो। उनको सुमेरू अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले घटनाको कारण युवती भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरी परिसर ललितपुरको टोलीले घटनामा संलग्न रहेको शंकामा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित शिर्षकहरु