काठमाडौं । डाक्टर श्रीमानबाट निर्घात रुपमा कुटिएकी ३६ वर्षीया सुनिता यादवको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका-२० की उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
चैत ६ गते श्रीमान डाक्टर सचितानन्द यादव शरीरभरि र टाउकोमा कुटेका थिए । कुटाईपछि घाइते यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो। कुटपिट गर्ने उनका श्रीमानलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्।








