काठमाडौं । उपत्यकालगायत देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भइरहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ। मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूवी क्षेत्रमा वर्षा भइरहेको महाशाखाको भनाइ छ।
देशकोपश्चिमी र मध्य भूभागमा पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जनसहितको वर्षाको भइरहेको मौषमविद् मिनकुमार अर्यालले बताए बुधबार अपरान्हबाटबाट मौषममा सुधार हुने मौसमविद् अर्यालको भनाइ छ।








