काठमाडौं । बुधवार दिउँसो अकस्मात बसेको मन्त्रिपरिषदको बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर दुखद मृत्यु भएका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र अन्य थप ६ जनाको स्मरणमा भोलि (विहीवार)लाई राष्ट्रिय शोकको रूपमा मनाउने निर्णय गरेको छ ।
सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन पनि गरेको छ ।
पूर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो । सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोली बिहिबार राष्ट्रिय शोक मनाउदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।








