प्रदेशबाटै सेनाको पेन्सनपट्टा

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाबारिहबाट समेत पेन्सनपट्टालगायत आवश्यक कागजपत्र बनाउने व्यवस्था गर्ने तयारी गरेको छ । आवकाश वा राजीनामा गरेपछि सैनिक अधिकारीहरु आवश्यक कागजपत्र बनाउन काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्थालाई जंगी अड्डाले हटाउन लागेको हो । अधिकृतभन्दा तल्लो तहका सबै सैनिक अधिकारीले अवकाशपछि आफ्नै प्रदेशबाट आवशयक कागजात बनाउने पाउने भएका छन् ।

जसले गर्दा अवकाशपछिका कागजात बनाउन काठमाडौं आउनुपर्ने झन्झटबाट सैनिक अधिकारी मुक्त हुनेछन् । अवकाशप्राप्त सैनिक अधिकारीलाई सहज होस् भनेर सेनाले पहिलो पटक नेपालगञ्जबाट अभिलेखालय स्थापना गरी सेवा थाल्ने तयारी गरेको छ । यसपछि अन्य प्रदेशमा समेत अभिलेखालय बिस्तार गर्दै लैजानजे तयारी गरेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

सम्बन्धित शिर्षकहरु