काठमाडौं । आज उपत्यका सहित देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पश्चिमी वायुको प्रभावका कारण अपरान्ह पश्चात मध्य क्षेत्र तथा पुर्व र पश्चिमका तराई भूभागमा आंशिक बदलि रहने महाशाखाको अनुमान छ ।
आज देशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका साथै हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको छ। त्यस्तै काठमाडौं उपत्यकामा भने मौसम बदली भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको मौसमविदले जनाएका छन ।
आज राति भने देशको पश्चिमी भुभाग तथा पहाडी भूभागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै हिमालि भेगका केहि स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।







