मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत हुन्छ- योगेश भट्टराई

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् सांसद योगेश भट्टराईले ११ गतेको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित हुने दावी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने बताउदै भने,‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ ।

मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाई सक्नुभएको छ।’कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको बेला स्थानीय निकाय सम्बन्धी विधेयक पास गर्दा एमालेले संसद अवरोध गर्दागर्दै मन्त्रीले बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेको भन्दै नेता भट्टराईले सोही नजिरमा टेकेर अघि बढ्ने बताए ।

नेता भट्टराईले संसदको आफ्नै अधिकार हुने भएकाले चिकित्सा शिक्षा विद्येयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह समेत गरे । उनले भने,‘त्यतिवेला विद्येयक पास भैहाल्यो । हामीले विरोध गर्यौं । नेपाली कांग्रेसले ज्यादती गर्यो भन्यौं । अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ । कम्युनिष्ट पार्टीले ज्यादती गर्यो भन्नुहोस, तर विद्येयक पारित गर्ने कुरालाई रोक्न पाईँदैन् ।’ विद्येयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विद्येयक लिएर पढाउन जानपनि कांग्रेसलाई नेता भट्टराईले सुझाव समेत दिए ।

सम्बन्धित शिर्षकहरु