३३ किलो सुनकाण्डः अभियुक्तलाई छाड्ने ५ न्यायाधीशलाई कारबाही

काठमाडौं । साढे ३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने फैसला गलत नियतका साथ भएको भन्दै पाँच न्यायाधिश कारबाहीमा परेका छन् । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका ती न्यायाधिश विभागिय कारबाहीमा परेका छन् । पाँचै जना न्यायाधिशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल कारबाहीमा परेका हुन् । ठुलो संख्यामा उच्च अदालतका न्यायाधीशहरुका एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो ।

सम्बन्धित शिर्षकहरु