काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ८१ जना पकेटमार पक्राउ परेका छन् । मंसिर १५ गतेबाट सुरु गरेको पकेटमारविरुद्धको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीन जना युवती समेत रहेका छन् । प्रहरीका अनुसार काठमाडौंका गोंगबु, बालाजु, महाराजगन्ज, धापासी, भद्रकाली चोक, बौद्ध, कपन, जोरपाटी, बानेश्वरलगायतका क्षेत्रमा पकेटमार समूह नै बनाएर सक्रिय हुँदै आएका छन् ।
उनीहरुले सयौं यात्रुलाई ठगेको पाइएको र अझै केही स्थानमा पकेटमारहरु सक्रिय रहेको सूचना पाएको परिसर काठमाडौंका एससपी वसन्त लामाले बताए । काठमाडौंमा पाकेट मार्ने क्षेत्र पहिचान गरी ती क्षेत्रलाई निगरानीमा राखिएको एसएसपी लामाको भनाइ छ ।








