पाँच वर्षभित्रमा चक्रपथमा मोनोरेल, चिनियाँ कम्पनीसँग काठमाडौं महानगरको सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना अध्ययन(डीपीआर) गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् । बुधबार राजधानीको राष्ट्रियसभा गृहमा महानगरपालिका र चिनियाँ कम्पनी चाइना रेलवे (सीआरसीसी) बीच सम्झौता भएको हो । सीआरसीसी चाइना रेलवे २५ औं व्यूरो ग्रुप हो । डीपीआर सम्झैताम महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिनियाँ रेलवे कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्र अनुसार एक वर्षभित्र चिनियाँ कम्पनीले डीपीआर तयार गर्नेछन् । प्रारम्भिक प्रतिवेदन अनुसार डीपीआरका लागि ६ महिना लाग्ने भएपनि एक वर्षको समयअवधि राखेर सम्झौता गरिएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार डीपीआर सकिएको तीन वर्षपछि मनोरेल बनाउन सकिने छ । चिनियाँ कम्पनीका अधिकारीहरुका अनुसार मोनोरल बनाउन डीपीआरसहित पाँच वर्ष लाग्नेछ ।

प्रारम्भिक प्रतिवेदन अनुसार २७ दशमलब ५ किलोमिटरमा २१ठाउँमा यात्रु चढाउन र ओर्लन मिल्ने स्टेशन रहनेगरि मोनोरेल निर्माण गर्न सकिनेछ । यसअघि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्ले मेयरको निर्वाचनका समय चक्रपथमा मोनोरल बनाउने वाचा गरेका थिए । तर उनको यो कार्यकालमा भने उनको योजनाले पूर्णता नपाउने भएको छ । उनी निर्वाचित भएको डेढ वर्ष भएको छ । चिनियाँ कम्पनीसँगको सम्झौता अनुसार मोनोरेल चलाउन अझै पाँच वर्ष लाग्ने छ ।

सम्बन्धित शिर्षकहरु