सरकारमाथि योजनाबद्ध आक्रमण भएको ओली–प्रचण्डको विश्लेषण

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध भ्रामक प्रचार र जनताका गुनासा एवं असन्तुष्टिलाई अशान्तिमा रूपान्तरित गर्ने योजनाबद्ध प्रयास भइरहेको विश्लेषण गरेका छन् ।
पार्टी एकताको झन्डै ६ महिनापछि राजनीतिक र सांगठनिक विषयमा छलफलका लागि शनिबारबाट सुरु स्थायी समिति बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनीहरूले यस्तो विश्लेषण गरेका हुन्।

आजको कान्तिपुर दैनिक लेख्छ–उनीहरूले यस्तो योजना ‘बुर्जुवा, राजतन्त्रवादी, पश्चगमनकारी यथास्थितिवादी र अतिवादी शक्तिले बुनिरहेको उल्लेख गरेका छन्। यस्ता शक्तिहरू जनमत उल्टाउन सक्ने अवस्थामा नरहेको तर उनीहरूका गतिविधिको सामना गर्नुपर्ने ओली–दाहालको निष्कर्ष छ।

सम्बन्धित शिर्षकहरु