
काठमाडौं । नेपाल प्रहरीका उच्च स्रोतका अनुसार नेपालबाट हराइरहेको ३३ केजी सुन भारतको कलकत्तामा फेला परेको छ ।
त्रिभुवन विमानस्थलबाट हराएर चर्चित बनेको ३३ किलो सुन दावी गरिएको यो प्रकरणमा दुई नेपाली नागरिक राकेश प्रसाद र हेमप्रसाद शर्मा रहेका प्रहरी स्रोतले जनाएको छ ।
गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा एउटा कारमा खानतलासी गर्दा उक्त सुन भेटाएको बताइएको छ ।








