
काठमाडौं । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा मिनी-ट्रक सडक देखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटना अन्दाजी ५:३० बजे भएको स्थानीयले जानकारी दिए । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ ।
ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना सवार गाडी दुर्घटना हुँदा हालसम्म १८ जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईको टोली र स्थानीयको सहयोगमा खोजि कार्य जारी रहेको छ ।








