पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध साढे ६ अर्बको भ्रष्टाचार मुद्दा

काठमाडौं । पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुमाथि साढे ६ अर्ब बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्दा दायर गरिएको हो। सिक्टा आयोजनाको मूल नहर भत्किएको, मूल नहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको उनीहरुमाथि आरोप छ। उक्त मुद्दामा तीन आयोजना प्रमुख, दुई ठेकेदारसहित २१ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

सम्बन्धित शिर्षकहरु