काठमाडौं । नागरिकको व्यापक विरोधपछि प्रहरीले लागू गरेको जोर बिजोर प्रणाली आधा घटाएको छ । काठमाडौंमा सञ्चालन भइरहेको एशिया प्यासिफिक समिटलाई ध्यान दिँदै यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीले मंसिर १३ देखि १६ सम्म सवारी साधनमा जोर-बिजोर प्रणाली अपनाएको थियो ।
विहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै मंसिर १४ देखि १७ गतेसम्मको लागि राति ८ बजेदेखि बिहान ८ बजेसम्मका लागि जोर बिजोर प्रणाली लागू नहुने जनाएको छ ।
यस्तो छ सूचना-









