जिप दुर्घटनामा दुईको मृत्यु, छ जना गम्भीर घाइते

दुल्लु । दैलेखको ठाटीकाँधमा जिप दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु हुनुको साथै छ जना घाइते भएका छन् । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा स्थानीयबासी ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बम रहेका छन् भने घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

गम्भीर अवस्थामा रहेका घाइते छ जनाको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका बताइएको छ ।

सम्बन्धित शिर्षकहरु