विराटनगर । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, इनरुवा तथा लौकहीमा आन्दोलित मुस्लीम अगुवाहरूले बन्द गराएका छन् ।
उनीहरूले पूर्वबाट पबिचम जाने सवारीका साधनहरू संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बुधवार बिहान साढे ६ बजे घरबाट श्रीमतीसँग मर्निङ वाकमा निस्किएका इटा उद्योगका व्यवस्थापक समेत रहेका फिदाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै दुहवी बजार बन्द गरिएको हो ।
त्यस्तै मृतकका आफन्तले गृहमन्त्री आएर हत्यारालाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदासम्म शव नउठाउने बताएका छन् । मृतकका समर्थकले गरेको बन्दका कारण विराटनगरबाट पश्चिम छुट्ने सबै सवारी साधनहरू विराटनगरमै थन्कीएका छन् भने पूर्व जाने सवारीहरू विराटचोक निस्किएर गएका छन् ।
फिदाको शव अझै उठेको छैन ।








