रेणु दाहाललाई गाली–बेइज्जती गर्नेविरुद्ध किटानी जाहेरी

असार ३। रत्ननगर, चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना  निरव ज्ञवाली र एसबी बोहरा विरुद्ध किटानी जाहेरी परेको छ । निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरेको पाइएको छ । कसुर प्रमाणित भएमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

रेणु दाहालकी श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन् । ‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ, भनि जाहेरीमा उल्लेख गरिएको छ । साइवर अपराध मुद्दा काठमाडाैँ जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाट हेर्नेगरी पठाइएको छ ।

दाहालले भनिन्, ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो’ ।

सम्बन्धित शिर्षकहरु