शोकमा डुबेर मृत्यु भएका राजा दशरथको अभिनय गर्दागर्दै मृत्यु

गोरखा । त्रेतायुगका राजा दशरथको अभिनय गर्दागर्दै गोरखामा एक कलाकारको मृत्यु भएको छ। वनबास गएका छोरा रामचन्द्र, लक्ष्मण र बुहारी सीताको शोकमा डुबेको अभिनय गर्दागर्दै मान्द्रेढुंगा बालन समूहका सदस्य मोहनबहादुर बस्न्यातको मंगलबार राति मृत्यु भएको हो ।

गोरखा नगरपालिका १० छेपेटार निबासी ५४ वर्षीय बस्न्यात गोरखा नगरपालिका- ७ नयाँ बजारमा सञ्चालन भएको बालनमा अभिनय गर्दागर्दै ढलेका थिए। ‘तत्काल बोकेर गोरखा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बस्नेत नेपाली सेनाका पूर्व उपसेनानी हुन्।

सम्बन्धित शिर्षकहरु