गुन्डा नाइके समीरमान बस्नेतको रिहाइसम्बन्धी रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं । गुन्डा नाइके समीरमान बस्नेतको बन्दीप्रत्यक्षिकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । बस्नेतको रिहाइका लागि सवोच्चमा रिट दायर भएको थियो । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले बन्दीप्रत्यक्षिकरणको रिट खारेज हुने निर्णय गरेको हो। सर्वोच्चको उक्त आदेशपछि बस्नेत थुनामै रहने भएका छन्।

यसअघि ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका बस्नेतलाई रिट परेपछि सर्वोच्चले झिकाएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए।
गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो।

सम्बन्धित शिर्षकहरु