काठमाडौं । काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । उनी बुधबार दिउँसो साढे २ बजेको आसपासमा अपहरणमा परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्तर–पूर्वको तेजविनायक चोकबाट ७/८ वर्ष उमेरका बालक अपहरणमा परेको प्रहरीले जनाएको छ । कलो चेकसर्ट र हाफ प्यान्ट लगाएका बालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
उनलाई तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ । बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले बताएको छ ।
बच्चाको खोजीको लागि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको टोली काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरेको छ । खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी, बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई र बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले अहिले घटनास्थल पुगेका छन् ।
केही समय अघि काठमाडौँ काँडाघारीका एक बाललको अपहरण गरि हत्या गरिएको थियो ।








