बेलोन डिओर दाबेदार खेलाडीकमा लियोनल मेस्सीको सम्भावना बलियो

काठमाडौँ । हालै बेलोन डिओर दाबेदार खेलाडीहरुको सुची फिफाले सार्वजनिक गरेको थियो । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी ‘हु स्कोर्ड डटकम’ले गत वर्षदेखि हरेक खेलाडीको प्रदर्शनलाई मूल्यांकन गरी निकालेको रेटिमा सबैभन्दा अघि देखिएका हुन् ।

उनले गएको सिजन सानदार खेल प्रदर्शन गरेका थिए । ला लिगाका सर्वाधिक गोलकर्ता हुन् भने सिजन २०१७–१८ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि मेस्सी नै हुन् ।

रेटिङ्गमा मेसीले कूल अंक १० मध्ये ८.४९ अंक प्राप्त गरेका छन् । त्यस्तै अन्य खेलाडीहरुको रेटिङ यस्तो रहेको छ ।

क्रिस्टियानो रोनाल्डोः ७.९७

इडेन हाजार्डः ७.७९

केभिन डी ब्रुयनाः ७.७६

मोहम्मद सलाहः ७.७३

ह्यारी केनः ७.७१

किलियन एम्बाप्पेः ७.६५

एन्टोनियो ग्रिजम्यानः ७.४३

लुका मोड्रिचः ७.२८

राफेल भरानेः ६.९५

सम्बन्धित शिर्षकहरु