बागलुङ । बागलुङको वडिगाड गाउँपालिका ७ मा पहिरो जाँदा बढिघाट खोला थुनिएको छ । खोला थुनिएर ताल बनेको र अहिले पानी बग्ने क्रम शुरु भएको छ । गएराति ११ बजे गएको पहिरोले खोला थुनिदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडा खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले भर्खरै फुट्ने सम्भावना कम छ ।








