
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस भएका छन्। संवैधानिक परिषद्को आज बसेको बैठकले उनलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो।
दीप बस्न्यातको अवकाससँगै कार्यबाहक प्रमुख आयुक्त बनेका घिमिरे लामो समयपछि प्रमुख आयुक्तमा सिफारिस भएका हुन्। अब संसदीय सनुवाईले उक्त निर्णय अनुमोदन गरेमा उनी अख्तियारको प्रमुख आयुक्त बन्ने छन्।








