निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौँको विभिन्न स्थानमा  प्रदर्शन गरिएको छ । पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारलाई दवाव दिन शनिबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म  प्रर्दशन गरिएको हो । प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फाँसी दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘जनताको भेला’ नाम दिइएको उक्त प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतका प्ले कार्ड बोकेका थिए । साथै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रर्दशनमा महिला हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनप्रतिदिन बढिरहेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ ।

सम्बन्धित शिर्षकहरु