
काठमाडाैं । आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार साँझ देखि कर्फ्यू लगाएको छ । भिमदत्त नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो । जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए ।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ । सो क्रममा शुक्रबार प्रहरीको गोली लागेर १४ वर्षिय बालक शनी खुनाको मृत्यु भएको छ । त्यस्तै अरु ४ जना घाईते भएका छन् । सरकारले जिल्लाका एसपी र सिडिओलाई सरुवा गरेर उच्चस्तरीय छानबिन समिति गठन गरेपनि आन्दोलन रोकिएको छैन ।








