काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको परिषद् बैठकले मिश्रको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएको कानून मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
यसअघि प्रस्तावित दीपकराज जोशीको नाम समितिले अस्वीकार गरेपछि परिषद्ले बिहीवार मिश्रको नाम सिफारिश गरेको हो ।
मिश्रको सिफारिशसंगै सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिमा देखिएको अन्योलता समाप्त हुने अपेक्षा गरिएकाे छ ।
यसअघि जोशीको नाम अस्वीकृत भएको भन्दै विरोध जनाएका परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत समर्थन गरेपछि मिश्रको नाम सर्वसम्मतीले सिफारिश भएको हो ।








