गोदावरीको जंगलमा लगेर १३ वर्षिया बालिका बलात्कृत

काठमाडौं । घरेलु कामदारको रुपमा काम गर्ने १३ वर्षिया बालिका गोदावरीस्थित जंगलमा बलात्कृत भएकी छन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा लगेर उनीमाथि बलात्कार भएको पुष्टि भएको छ । उनको घर गोरखा रहेको प्रहरीले जनाएको छ । तर बालिका आफ्नो घरजाने बाटोबारे जानकार नरहेको प्रहरीको भनाई छ ।

उनी ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा रहेकी थिईन् । स्थानीयले देखेपछि उनलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा ल्याएका प्रहरीले जनायो । बलात्कारमा संलग्न युवाको खोजी भईरहेको प्रहरीले जनाएको छ

सम्बन्धित शिर्षकहरु