
भक्तपुर । हनुमन्ते खोलाले बगाएर एक जनाकाे मृत्यु भएकाे छ। खोलाले मान्छे बगाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएकाे प्रहरी टोली मध्यपुरठिमी नपा ४ चाणक्य कलेज पछाडिको हनुमन्ते खोलाबाट शवलाई निकालेकाे थियाे।
मृतक काभ्रेपलाञ्चोक बनेपा नपा-१४ घर भई हाल भक्तपुरस्थित भत्केको पाटीमा बस्ने ४२ वर्षीय शंकर तामाङ भएकाे प्रहरीले जनाएकाे छ।
यसअघि मृतक शंकर तामाङ हराएकाे भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा निवेदन परेकाे थियाे। परेकोले निवेदकलाई बोलाई लाश सनाखत गर्दा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. १४ घर भई हाल भक्तपुरस्थित भत्केको पाटीमा बस्ने बर्ष ४२ को शंकर तामाङ रहेको भन्ने खुल्न आएको हुँदा, लाश पोष्टमार्टमको लागी भक्तपुर अस्पतालको शव गृहमा पठाइएको छ।








