प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदश

काठमाडौं । चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका कारणका थिए । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको छ ।

प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् । चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

सम्बन्धित शिर्षकहरु