काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लगि ‘फुच्चे प्याक’ ल्याएको छ। ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र ५ (करसहित ६.३८) मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन्।
फुच्चे डेटा प्याक आइतबारदेखि लागु हुनेछ। डेटा प्याक अन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजी, थ्रीजी तथा फोरजीमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सक्नेछन्।
ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंग्रेजी अंक पाँच) टाइप गरी १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन्। यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ।
सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहकका लागि मात्र ५ मा डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ। साथै यस डेटा प्याकले ग्राहकलाई थप मूल्य प्रदान गर्दै आफ्नो साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास लिइएको छ।
एनसेलले ग्राहकको माग अनुरुप राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याक उपलब्ध गराउँदै आएको छ। ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन्।








