नेपालमा आतंककारी चलखेलको सम्भावना

काठमाडौं । नेपालस्थित अमेरिकी राजदूत महामहिम अलाइना बी टेप्लिट्जले नेपालमा खुला सीमानाका कारण आतंककारी चलखेलको सम्भावना हुने बताएकी छिन् । बिहीबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा राजदूत टेप्लिट्जलेउ सो कुरा बताएकी हुन् । उनले नेपालमा खुला सीमानाका कारण आतंककारी चलखेल र घुसपैठ गर्ने बढी हुने सम्भावना रहेकाले सरकारले त्यसतर्फ चनाखो हुनुपर्ने सुझाव दिएकी छिन् ।

रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राजदूत टेप्लिट्ज र मन्त्री पोखरेलबीचको भेटबारे जानकारी गराएको छ । राजदूत टेप्लिट्जले आतंककारी क्रियाकलापको नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग अमेरिकी सरकारले गर्ने पनि विश्वास समेत दिलाएकी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा मन्त्री पोखरेलले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकोले देशको आन्तरिक समस्या आफैले समाधान गर्ने बताए ।

सम्बन्धित शिर्षकहरु