आँखुखोला हाइड्रोको आइपीओ साउन १७ देखि निष्काशन हुँदै

काठमाडौं । आँखुखोला हाइड्रोपावर कम्पनीले साउन १७ गतेदेखि साधारण सेयर (आर्इपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र धादिङका स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओको निष्काशन गर्ने भएको हो ।

आर्इपीओमा साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म आवेदन गर्न सकिनेछ । आइपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।

सर्वसाधारणले उक्त आइपिओमा कम्तिमा ५० कित्ता र बढीमा चार हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । तर सेयर खरिद गर्नेहरुले सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर बेच्न वा हस्तान्तरण गर्न पाउनेछैनन् ।

इच्छुक आवेदकले आँखुखोला हाइड्रोपावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजार र धादिङमा सञ्चालनमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

नियामक धितोपत्र बोर्डले कम्पनीलाई असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आर्इपीओ निष्काशनको अनुमति दिएको थियो । कम्पनीले स्थानीयलाई सेयर  बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आइपीओ निष्काशन गर्नेछ ।

सम्बन्धित शिर्षकहरु