
इनरुवा । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ ।
प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले दिएको जानकारी अनुसार शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेको थियो । उनका अनुसार केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको छ भने ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था भने छैन ।








