
काठमाडाैँ । विवेकशील साझा पार्टीले नागरिकहरूको स्वास्थसँग जोडिएको चिकित्सा शिक्षाबारेमा समाजवादी भनिएको सरकारको दृष्टिकोण र नीति गलत दिशातर्फ उन्मुख हुनु दूर्भाग्यपूर्ण भएको बताएको छ।
उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गर्दा त्यसले नाफा–खोरी व्यापारीकरणको बाटो हुँदै डरलाग्दो माफियाकरणको रूप धारण गर्न लागेको पार्टीको दावी छ।
नताहरु सामान्य रोग लाग्दा पनि विदेश पुग्नुपर्ने र जनताले सामान्य रोग लाग्दा पनि उपचारका लागि घरघडेरी बेच्नुपर्ने अवस्था रहेको भन्दै यस्तो परिस्थितिलाई बेलेमा रोक्न नसके परिणाम गम्भीर हुने विज्ञप्तिमा उल्लेख छ।
डा. गोविन्द केसीले १५ औँ पटक जुम्ला पुगेर अनसन बस्नु पर्ने अवस्था आउनु दुखद् रहेको विवेकशीलको धारणा रहेको छ।
विवेकशीलले सीमित राजनीतिज्ञ र व्यापारीको स्वार्थ पूर्ति हुने गरी कुनै पनि नीति नबनोस् भन्दै यसबारेमा सरकार गम्भीर नबने प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिएको छ।
कर्णाली प्रदेशको जुम्लामा अनसन बसेका केसीको स्वास्थ्य अवस्था बिग्रदै गगएको भन्दै विवेकशीलले डा केसीको अवस्था तलमाथि भएमा सम्पूर्ण दोष प्रधानमन्त्री केपी ओली र सरकारले बोक्नु पर्ने बताएको छ।








