माइतीघरमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्काल लागु नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले असार २९ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त मितिसम्म सो निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन् भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र जारी गर्दै आन्दोलन र प्रदर्शनका लागि स्थान तोकिदिएको छ ।

सम्बन्धित शिर्षकहरु