
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से १४.०१ अंकले घटेर ११८४.५३ अंकमा झरेको छ । आज क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९७ अंकले घटेको छ । बजारमा कारोबारमा आएका सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
आज तिनाउ डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । आइतबार १५८ कम्पनीको ६ लाख १९ हजार ७४१ कित्ता सेयर ३ हजार ६८३ पटक खरिदबिक्री हुँदा १९ करोड ७२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।








