
काठमाडौं । आज सुनको भाउमा कुनै परिवर्तन भएको छैन । आज छापावाला सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








