अर्जेन्टिनानी प्रशिक्षक सामपाओलीको जागीर धरापमा

काठमाडौँ । रसियामा जारी विश्वकपमा खराब खेल प्रदर्शन गरेको अर्जेन्टिनाले प्रशिक्षक सामपाओलीलाई निकाल्ने वा उनलाई निरन्तरता दिने टुंगो लगाएको छैन । तर एक मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको एफएले जोर्गे साम्पावलीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

क्रोएशियासँगको हार पछि नै अर्जेन्टिनाको एफएले उनलाई निकाल्ने तयारी गरेको बताइएको छ । समुह चरण पनि भाग्यवस पार गरेको अर्जेन्टिनाका लागि ठुलै परिवर्तन चाहिएको बताइएको छ ।

अर्जेन्टिनाले विश्वकपको अन्तिम १६ मा फ्रान्सँग ४–३ गोलले पराजित भएको थियो । अर्जेन्टिनाका डिफेन्डर जाभियर मास्चेरानोले साम्पावली अर्जेन्टिनाको लागि उपयुक्त प्रशिक्षक नरहेको बताएपछि उनको जागिर धरापमा परेको हो ।

सम्बन्धित शिर्षकहरु