ओपोको एफ सेवेन फोन नेपाली बजारमा

काठमाडाैँ । स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा एफ सेवेनको नयाँ भ्यारियण्ट एफ सेवेन युथ सार्वजनिक गरेको छ। युवा पुस्ताको माग तथा आवश्यकता मध्यनजर गर्दै विशेषरुपमा तयारी गरिएको एफ सेवेन युथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ।

कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध हुने जानकारी दिएको छ। कम्पनीले एफसेवेन युथको मूल्य ३१ हजार ५ सय ९० निर्धारण गरेको छ।

‘उपभोक्ताका माग र आवश्यकताको सम्बोधन ओपोमा हाम्रा लागि सँधै प्रमुख प्राथमिकताको विषय हो। ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले युवा लक्षित तथा निर्मित एफसेवेनको नयाँ भ्यारियण्ट पनि सार्वजनिक गर्न हामीलाई निरन्तर माग र अनुरोध प्राप्त भइरहेको थियो। यही मागलाई दृष्टिगत गर्दै हामीले एफसेवेन अन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेनयूथ सार्वजनिक गरेका छौँ। नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन आकर्षक मुल्यमा उपलब्ध गराउपाउँदा हामी निकै उत्साहित छौँ। विगतमा हाम्रा पछिल्ला फोनलाई झैँ एफसेवेन यूथलाई पनि उत्तिकै मायाँ तथा सहयोग प्राप्त हुनेमा हाम्रो आशा छ। ’, नयाँफोन सार्वजनिकका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

एफ सेवेनमा नयाँएआई २.० ब्यूटी प्रविधि
ओपो एफसेवेनमा उपलब्ध गरिएको ब्यूटी प्रविधि अहिले यूवाहरु माझ निकै लोकप्रिय छ । यही प्रविधि कम्पनीले एफसेवेन यूथमा पनि उपलब्ध गरेको छ । एफसेवेन यूथमा उपलब्ध गरिएको एआई २.० ब्यूटी प्रविधिले अनुहारका २ सय ९६ फेसियल पोइण्ट्स ‘क्याप्चर’ गरी अनुहारलाई क्षेत्रमा विभाजन गर्दै विस्तृत ब्यूटी परिमार्जन सेवा उपलब्ध गराउँछ । यसले प्रयोगकर्ताका तस्विरलाई थप प्राकृतिक र उत्कृष्ट देखाउन मद्दत गर्छ ।
फोटो परिमार्जन र सोसियल सेयरिङका लागि पनि ओपो एफसेवेन यूथमा विशेष ध्यान दिइएको छ । फोनमा फोटोलाई रोचक बनाउन एआर स्टिकर फञ्शन पनि ईनब्यूल्ट रुपमा उपलब्ध गरिएको छ । यी स्टिकरहरु फ्रण्ट र रियर दुबै फोटोग्राफीका लागि प्रयोग गर्न सकिन्छन् । साथै, भिडियो रेकर्डिङका लागि पनि यो सुविधा उपलब्ध गरिएको छ । फोनमा एआई एल्बम पनिउपलब्ध गरिएको छ।

नयाँ डायमण्ड ब्ल्याक डिजाइन
बजारमा उपलब्ध अधिकांश फोनको डिजाइनमा करिव करिव उस्तै समानता भइरहेको बेला ओपोले एफसेवेन यूथको माध्यमबाट यूवा लक्षित नौलो डिजाइन फोनलाई दिएको छ। फोनमा कम्पनीले उडिरहेका हिरा झैँ देखिने थ्रीडी छवीको प्रयोग गरेको छ। यसमा रहेका आकृति र सतहको ‘ग्लास फिल’ले फोनलाई प्रिमियम लुक्स प्रदान गरेको छ। प्रकाशको कोणका आधारमा परिवर्तन हुने छवीले हिरा झैँ लोभलाग्दो ईफेक्ट प्रस्तुत गर्छ।

 सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ्

ओपोले एफसेवेन यूथमा सुपर फुल स्क्रिनका साथमा फुल स्क्रिन मल्टिटास्किङ सुविधा पनि उपलब्ध गरेको छ । फुल स्क्रिन मल्टि टास्किङ् फिचरको माध्यमबाट प्रयोगकर्ताले गेम खेलिरहेकै बखतमा फोन आएमा गेमलाई निरन्तर्ता दिँदै फोन उठाएर कुरागर्ने वा काट्ने कार्य समेत गर्न सक्छन् । फोनमा ६ ईञ्चफुल–एचडी स्क्रिन ८४.८ अल्ट्रा–हाई स्क्रिन रेसियो उपलब्ध गरिएको छ। यसले गर्दा भिडियो तथा गेम्स खेल्दा स्क्रिनमा उत्कृष्ट दृष्यानुभव लिन सकिन्छ।

शक्तिशाली कार्य सम्पादन क्षमता
स्मार्टफोनको प्रदर्शनीका बारेमा कुरा आउँदा तीन कुराले समग्र प्रदर्शनीलाई नै आझेलमा पार्ने सम्भावना रहन्छ। ती हुन् सिस्टम फ्रिजिङ, अत्यधिक उर्जा खपतर न्यून मेमोर। प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ यी तीन कुरालाई एफसेवेन यूथको निर्माण गरिँदा विशेष ध्यान दिइएको छ। सम्पादन गतिमा तिब्रताका लागि फोनमा विश्वकै पहिलो १२ एनएमएआई सीपीयूको प्रयोग गरिएको छ। फोनमा ४ जीबी र्याम र ६४ जीबी रोमका साथमा १५ घण्टा निरन्तर प्रयोगमा साथदिने, ३ हजार ४ सय १० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ। तसर्थ, अत्यधिक मोबाइल प्रयोग गर्ने यूवाहरुका लागि सञ्चय क्षमता र सञ्चालनका लागि आवश्यक कुरामा विशेष ध्यान दिइएको देखिन्छ।

 नयाँ कलर ओएस ५.० मा आधारित एण्ड्रोइड ८.१

फोनको प्रयोग गरिरहँदा आरामदायी अनुभव दिने सोचका साथ कम्पनीले कलर ओएस ५.० यूआईलाई ब्यापक परिकृतिकरण गरेको छ (रंग, ब्याकग्राउण्ड तथाफोण्ट डिजाइन लगायतमा)।

समग्रमा कलर ओएस प्रणालीमा परिस्कृतिकरणका साथै उपभोक्ताको सुरक्षाका बारेमा समेत कम्पनीले विशेष ध्यान दिएको छ। फोनमा उपलब्ध गरिएको एआई फेस अनलकले सटिकरुपमा १ सय २८ फेसियल फिचर्सको पहिचान गर्दै उच्च सुरक्षा प्रदान गर्नुका साथै आफ्ना एप्समाअरुले पहुँच बनाउन नसकुन् भन्ने सोचका साथ पासकोडको सुविधा पनि उपलब्ध गराएको छ। त्यसैगरी, आफ्ना गोप्य फाइल्सलाई पासवर्ड प्रोटेक्टेड सेफ बक्समा राख्ने, आफ्नो आवश्यकता अनुसार एप्सको छनोट गरी पब्लिक भ्यूबाट लुकाएर ब्यक्तिगत सुचनालाई तेस्रो पक्षिय एप्सबाट समेत उत्कृष्ट सुरक्षा प्रदान गर्न सकिन्छ।

सम्बन्धित शिर्षकहरु