प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष चीन भ्रमणको जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए।

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन जानुभएकोमा भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता भएका थिए।

सम्बन्धित शिर्षकहरु