नाडेप लघुवित्तको ४ करोड ८० लाखको आइपीओ खुल्यो

काठमाडौं। धादिङको गजुरीमा प्रधान कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर(आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

संस्थाले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० प्रतिशत सेयर अर्थात् ४ कराेड ८० लाख रुपै‌ंया बराबरकाे अाइपीअाे सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये २४/२४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोषलाई छुट्याएको छ । चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको संस्थाको आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । नापेडको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।

लघुवित्तको सेयरमा न्युनतम २० कित्तादेखि अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन दिन पाइनेछ । आजदेखि खुला भएको आईपीओमा छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै सिआस्वा प्रणालीमार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षकहरु