
एजेन्सी । फिफा विश्वकप २०१८ को शुरुआत भएको १० दिन भइसकेको छ । यी दश दिनमा धेरै कुरा भए । उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबमाथि ५-० को जीत दर्ता गर्यो । यस विश्वकपमा खेलिएको २९ खेलमध्ये एक खेल पनि यस्तो भएन कि जहाँ गोल नभएको होस् । सबै खेलमा गोल भयो र यसको साथै ६४ वर्ष लामो रेकर्ड तोडियो ।
पछिल्लो पटक सन् १९५४ मा भएको विश्वकपको २६ म्याचमा गोल भएको थियो । जर्मनी र स्वीडेनबीच भएको खेल यस प्रतियोगिताको २९ औं खेल थियो । प्रतियोगितामा भाग लिएका ३२ टीममध्ये १६ टीम नकआउट चरणमा प्रवेश गर्नेछन् । अर्थात् १६ टीमको यात्रा समुह चरणबाट नै अन्त्य हुन्छ ।






