
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव पौडेलले छिट्टै चिनियाँ रेल काठमाडौँ आइपुग्ने दावी गरे। ‘अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ’, उनले भने।
महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे।
उनले भने, ‘दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन्। महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा रहेकबताउँदै सबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त गर्ने दावी गरे। बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि महासचिव पौडेल शुक्रबार बुटवल आइपुगेका हुन।








