न्युरो अस्पतालको नाम परिवर्तन, नामका अगाडि थपियो ‘उपेन्द्र देवकोटा’

काठमाडौ । बासबारीस्थित न्युरो अस्पतालको नाम परिर्वतन भएको छ । संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको हो । अस्पतालको नाम अब ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ ।

यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो । नेपालकै जेठो अस्पताल वीर अस्पतालमा न्युरोलोजी विभाग स्थापना गर्नं महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो ।

अस्पतालमा डा। उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्री अध्यक्ष थिए । डा. देवकोटाको असार ४ गते निधन भएपश्चात्त डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा अस्पताल सञ्चालन हुनेछ ।

सम्बन्धित शिर्षकहरु