
काठमाडाैँ । १० खेलाडीमा सीमित कोलम्बियामाथि विश्वकपको पहिलो खेलमा जापानले एेतिहासिक जित हात पारेको छ। कोलम्बियामाथि कुनैपनि स्तरमा जापानको यो पहिलो जित हो। यस्तै कोलम्बियालार्इ पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्रलार्इ पराजित गर्ने जापान एसियाको पहिलो राष्ट्र बनेको छ।
एसियनले राष्ट्रहरुले १७ पटक दक्षिण अमेरिकी राष्ट्रहरुसँग खेलेपनि जित हात पार्न सकेका थिएनन्। १८अौं पटकमा भने एसियाली राष्ट्र जापानले दक्षिण अमेरिकी राष्ट्रमाथि एेतिहासिक जित हात पारेको हो। यी खेलमा १३ पटक एसियाली राष्ट्र पराजित भएका छन भने ३ चोटी बराबरी खेलेका छन।
मंगलबार भएको खेलमा यसअघिको विश्वकपमा ४-१ ले पराजित जापानले कोलम्बियालार्इ २-१ गोल अन्तरले पराजित गरेको हो। जापानले २०१० पछि पहिलोपटक जित हात पारेको हो। अन्तिम पटक उसले विश्वकपमा डेनमार्कलार्इ २०१० मा जित हात पारेको थियो।
खेलको तेस्रो मिनेटमै कोलम्बियाका कार्लोस सान्चेजले रातो कार्ड पाउँदै मैदान छाडेपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो। त्यसबाट पाएको पेनाल्टीमा सिन्जी खागवाले पेनाल्टीमा गोल गर्दै जापानलार्इ सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ३८औं मिनेटमा कोलम्बियाका जोन क्वीनटेरोले फ्रिकिक मार्फत कोलम्बियाका लागि बराबरी गोल फर्काएका थिए। यस्तै ७३ औं युआ ओसाकोले हेडर मार्फत जापानलाई निर्णायक गोल दिलाएका हुन्।






